काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
ग्लोबल आइएमई बैंकको ७१ लाख ३८ हजार ७२६ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको ६० लाख ५२ हजार ७३७ दशमलव २३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुवैै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।
नेशनल लाइफ इन्स्योरेन्सले मङ्सिर १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै ग्लोबल आइएमई बैंकले मङ्सिर २३ गते सम्पन्न साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।