काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा फागुन २९ गते गर्दै छ ।
सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै कम्पनीको हाल कायम रहेको पूँजी संरचना संस्थापक शेयरधनीकोतर्फ ६० प्रतिश र सर्वसाधारणतर्फको ४० प्रतिशत रहेकोमा परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।