कालिका लघुवित्तले कमायो रू. २ करोड ६९ लाख नाफा, अन्य सूचक कस्तो ?

Share News

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले रू. २ करोड ६९ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ६७ दशमलव ९२ प्रतिशत घटेको छ ।

गत आवमा कम्पनीले रू. ८ करोड ४० लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ९ प्रतिशत र सञ्चालन नाफा ६७ प्रतिशतले घटेको छ ।

चुक्तापूँजी रू. ३१ करोड १२ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्म जगेडामा रू. ९ करोड १२ लाख र रिटेन्ड अर्निङमा रू. १६ करोड २४ लाख सञ्चित गरेको छ ।

त्यस्तै रू. १ अर्ब ९३ करोड सापटी र रू. १ अर्ब ४५ करोड निक्षेप संकलन गरेर कम्पनीले रू. ३ अर्ब ८२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आवमा रू. ६० दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा घटेर रू. १७ दशमलव २५ (वार्षिक) मा झरेको छ । मूल्य आम्दानी अनुपात ६१ दशमलव ७४ गुणा, तरलता अनुपात १६ दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८१ दशमलव शून्य ८ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।