मिथिला लघुवित्त र महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

Share News

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ ।

यी दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ५ गते बुक क्लोज गरेकाले फागुन ४ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

मिथिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १७ गते साधारण सभा बोलाएको छ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल मिथिला नगरपालिका–१० लालगढ, धनुषामा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । 

त्यस्तै महिला लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ४७ दशमलव ५ प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि २ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २१ गते साधारण सभा बोलाएको छ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।