ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

Share News

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।

बैंकले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा निष्कासन गरेको पाँच वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ मा अब फागुन १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

बैंकले रू. ५ अर्ब बराबरको प्रतिकित्ता एक हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये रू. ३ अर्ब बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

सर्वसाधारणलाई निष्कासन गरेको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्तासहित १९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत यो ऋणपत्रका लागि आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्युअर रेटिङ ए प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।