ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरपछिको शेयर नेप्सेमा सूचीकृत 

Share News

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ ।

मर्जरमा गएपछि कायम हुन आएको कुल ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता ग्लोबल आइएमई बैंकको नामबाट सूचीकृत भएको हो । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले रू. २०९ दशमलव ४२ ओपन रेञ्ज दिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर फागुन १० गतेदेखि कारोबारमा आउनेछ ।

यी दुई बैंक १ बराबर १ अनुपातमा मर्जरमा गएका हुन् भने पुस २५ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । अब बैंक अफ काठमाण्डूका शेयरधनीको खातामा शेयर आएपछि ग्लोबल आइएमई बैंकको नामबाट देखिनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।