एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

Share News

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस शेयर बुधवार सूचीकृत भएको छ ।

कम्पनीको १ करोड २३ लाख ७ हजार ५४२ दशमलव २७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीको हितग्राही खातामा आएपछि यो बोनस शेयर खरीदविक्री गर्न पाइनेछ ।

कम्पनीले मङ्सिर २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।