फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्दै सिवाईसी नेपाल र आँधिखोला लघुवित्त

Share News

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्दै छन् ।

मर्जरपश्चात् सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ । दुई कम्पनीबीच गत असार २२ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता रद्द भएपछि आँधिखोला लघुवित्तले सिवाईसी लघुवित्तसँग मर्जर सम्झौता गरेको हो ।

सम्झौता गरेको आठ महीनापछि यी दुई कम्पनीले एकीकृत कारोबार शुुरू हुँदै छ । गत असोज ७ गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव अनुमोदन भएको थियो ।

नेपाल राष्ट्र बैंकले पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुँदै छन् । एकीकृत कारोबारका लागि फागुन २८ गतेदेखि २९ गतेसम्म दुई दिन सम्पूर्ण सेवा बन्द रहने जानकारी ती कम्पनीहरूले दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।