लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 

Share News

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम  दिन आज मंगलवार रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गरेसँगै फागुन १६ गते अर्थात आज मंगलवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र  कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २९ गते साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौमा बिहान  ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।