लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन, बुधवार कति खुल्छ ?

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवार लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारण सभा प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो ।

नेप्सेले कम्पनीको बुधवार १७ गते कायम अन्तिम शेयर मूल्य रू. ९४८ को आधारमा १५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८२४ दशमलव ३५ तोकेको छ ।
बुधवार यस कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।

बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १६ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र  कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २९ गते साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौमा बिहान  ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।