मोलुङ्ग हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट हुँदै, कति जनाले पाउँछन् शेयर ?

Share News

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ भोलि शुक्रबार  अर्थात् फागुन १९ गते बाँडफाँट हुँदै छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आईपीओ शुक्रबार बिहान ९ः३० बजे बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा मागभन्दा ७ दशमलव ३२ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

आईपीओमा १४ लाख ८७ हजार ५८४ जनाले कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये २ लाख २६ हजार ४६५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १२ लाख ६१ हजार ११८ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिला नै निष्कासन गरी बाँफाँटसमेत गरिसकेको थियो ।

त्यस्तै १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि छुट्याएर बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । 

कम्पनीले ओखलढुंगा जिल्लामा निर्मित ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।