प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

प्रभु बैंकको ८२ लाख ६० हजार ६५७ दशमलव ७१ कित्ता र सेञ्चुरी कमर्सियल बैंकको ४५ लाख ३८ हजार १०६ दशमलव ८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ । सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै प्रभु बैंकले पनि पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशलमव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।