महिला लघुवित्तको प्रस्तावित कुल ५० प्रतिशत लाभांश  पारित

Share News

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आइतवार  सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ५० प्रतिशत लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।