पपुवा न्युगिनी विरुद्ध नेपालका आसिफ शेखले पूरा गरे शतक

Share News

काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत नेपाल र पपुवा न्यू गिनी बीचको खेलमा नेपालका ब्याट्सम्यान आसिफ शेखले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरमा भइरहेको खेलमा शेखले १०१  बलको सामना गर्दै १०० रन पूरा गरेका हुन् । त्यसका लागि उनले १० चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालले ३५ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १८६ रन जोडेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।