काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ ।
टीयू मैदान कफर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २९७ रन जोडेको थियो ।
२९८ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले ४७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोडेपछि नेपाल ५२ रनले विजयी भएको हो ।
नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए । अन्य ब्याटसम्यानहरू रनआउट भएका थिए ।
पपुवा न्युगिनीका लागि टोनी उरा र नोरम्यान भानुले अर्धशतकीय पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।
नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ११० रन बनाउँदा कुशल भुर्तेलले ४५ र भीम शार्कीले ४४ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ३० रन बनाउँदा आरिफ शेखले १५ रन बनाएका थिए । ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा नेपालले १४ रन अतिरिक्त पाएको थियो । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।