हिमालयन रिइन्स्योरेन्सले बल्ल सार्वजनिक गर्‍यो दोस्रो त्रैमासिक वित्तीय विवरण, नाफा रू.४ करोड ६३ लाखभन्दा बढी 

Share News

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।

विवरणअनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड ६३ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा यस आवमा कम्पनीको नाफा ६२ प्रतिशत कम भएको छ ।

सो अवधिमा कम्पनीले रू. १२ करोड ४७ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको आम्दानी रू. २० करोड ४३ लाख रहेकोमा चालू आवमा घटेर रू. ८ करोड २५ लाखमा झरेको छ ।

चुक्तापूँजी रू. ७ अर्ब रहेको कम्पनीले जगेडा कोषमा रू. १७ करोड ७७ लाख सञ्चिति गरेको छ । त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. १३ करोड ६९ लाख रहेको छ । 

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. २ अर्ब ४८ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १४ करोड १७ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. ४२ करोड ४१ लाख छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।