अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आव २०७८/७९ सम्मको मुनाफाबाट यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको हो । 
कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले गत आवमा आर्जन गरेको संचित मुनाफाबाट शेयरधनीहरुलाई कु्नै खालको लाभांश वितरण नगर्ने भएको हो ।  
कम्पनीले गत साउन १८ गते देखि २२ गते सम्म ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो भने   असोज ७ गते शेयर सूचीकृत भई असोज ९ गते देखि धितोत्रपको दोस्रो बजारमा कारोबारमा आएको थियो । 
कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा असार रू. १ करोड १० लाख नाफा कमाएको थियो । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म अर्थात पुस मसान्तसम्ममा रू. १ करोड ५४ लाख नाफा कमाएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।