एनएलजी इन्स्योरेन्सको लाभांश सुुरक्षित गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १३ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २० गते साधारण सभा बोलाएको छ । सभा काठमाडौं, बालुवाटारस्थित अम्रापाली ब्याक्वेटमा उक्त दिन बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।