महालक्ष्मी  विकास बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति, ब्याजदर कति ?

Share News

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।

कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न चैत ५ गते सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।  कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।