मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ७६ लाख ३७ हजार १९४ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।