काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।