मार्केट पण्डित क्यापिटलको ५ प्रतिशत हकप्रद शेयर आजबाट विक्रीमा 

Share News

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले आजबाट ५ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । क्यापिटलले चैत ४ गतेसम्म कायम शेयरधनीहरूका लागि एक शेयर बराबर नयाँ शून्य दशमलव पाँच शेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । 

प्रतिशेयर रू. १०० अंकित मूल्यमा विक्रीमा आएको यो हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ती खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ । 

पछिल्लो समय मचेन्ट बैंकरहरूले हकप्रद शेयरमार्फत पूँजी वृद्धि गरिरहेको अवस्थामा यस कम्पनीले पनि पूँजी बढाउन हकप्रद जारी गरेको बताइएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।