एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत, कति कित्ता सूचीकृत भए ?

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो ।
बैंकको अंकित मूल्य रू. १००० दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले १० वर्षे अवधिको  वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलि अर्थात बिहीवार देखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।