गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको  शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 
नेप्सेले कम्पनीको १३ दशमलव २७ प्रतिशत बोनस शेयर को समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू.३६९ दशमलव ४७ कायम भएको छ । 
नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य रू. ४१८ दशमलव ५०मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आज अर्थात बिहीवार  देखि  दोस्रो बजारमा  कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

 
 

 
 

 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।