ग्लोबल आइएमई समुन्नत योजना २ सञ्चालनमा आउने, सेबोनमा निवेदन

Share News

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउँदै छ । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत ‘ग्लोबल आइएमई समुन्नत योजना २’ नामक फण्डको १२ करोड इकाई निष्कासन गर्नका लागि चैत १९ गते सेबोनमा निवेदन दिइएको हो । 

ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो बन्दमुखी म्युचुअल फण्ड हो । योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सेबोनबाट स्वीकृति पाएपछि फण्डले रू. १० का दरले १२ करोड इकाई निष्कासन गर्नेछ । कोष प्रवर्द्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।