अर्किड होल्डिङग्सको ५३.६६ % हकप्रद शेयर आजदेखि विक्रीमा

Share News

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर आजदेखि विक्री खुला गरेको छ । 

कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । सम्बन्धित शेयरधनीहरूले आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् । 

शेयरधनीहरूले हकप्रद शेयर वापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तिसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन पनि कम्पनीले भनेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।