सिटिजन लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण सभा, यी प्रस्ताव पारित हुने

Share News

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा २०८० वैशाख २१ गते गरिँदै छ ।

सभा कम्पनीको प्रधान कार्यालय एलएस कम्प्लेक्स थापाथली काठमाडौंमा अपराह्न ३ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ कोे वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरूको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदानबापत रू. ७ लाख कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने जनाएको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।