एनएमबि बैंकको १०.७५ % ब्याजदरको ऋणपत्र बाँडफाँट

Share News

काठमाडौं । एनएमबि बैंक लिमिटेडले विक्री गरेको १० दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/ २०९०’ नामको ऋणपत्र विक्री गरेको थियो ।

छिटो अवधिभित्रै विक्री भएको उक्त ऋणपत्र कम्पनीले गत चैत ३० गते बाँडफाँट गरेको हो ।प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिसकिएको थियो ।

सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बाँडफाँट गरिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर  प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।