लिवर्टी इनर्जीको वार्षिक साधारण सभा वैशाख २५ मा, हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव

Share News

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा वैशाख २५ गते गर्ने भएको छ ।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा अमृतभोग क्याटर्स कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको हो ।

सभाले तीन आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । सभाले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभाले हकप्रद निष्कासन प्रस्तावसँगै चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने साथै थप ऋणका लागि स्वीकृति दिने, जलविद्युत् कम्पनीहरू मर्ज अथवा एक्वायर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको स्वामित्वमा रहेको निर्माण प्रक्रियामा जान बाँकी आयोजनाहरूको निर्माणका लागि आवश्यक पूँजी व्यवस्थापन गर्न तथा हस्तान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् । 

साधारण सभाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।