'सुरक्षित इन्टरनेट दिवस'मा भिडियो प्रतियोगिता हुने, प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन जनाले पाउनेछन् नगद पुरस्कार

Share News

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले सुरक्षित इन्टरनेट दिवस (Safer Internet Day, 2023)को अवसरमा भिडियो प्रतियोगिता गर्ने भएको छ । प्राधिकरणका अनुसार 'सुरक्षित इन्टरनेटको लागि हातेमालो' शिर्षकमा भिडियो प्रतियोगिता गर्न लागिएको हो ।
यस प्रतियरुोगितामा १२ वर्ष देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरुको सहभागिता जनाउन सक्ने छन् । 

  • प्रधिकारणका अनुसार प्रतियोगीले पठाउने भिडियोको अवधि अधिकतम २ मिनेटसम्मको मात्र हुनुपर्नेछ भने भिडियो MP4 Format मा हुनुपर्नेछ |
  • विभिन्न प्रदेशका प्रतियोगीले आफ्नो प्रदेश अनुसार तल प्राधिकरणको वेवसाइटमा उल्लेखित इमेल ठेगानामा आफ्नो भिडियो पठाउनु पर्नेछ |
  • प्राप्त भिडियोहरुलाई विशेषज्ञ समितिबाट मुल्यांकन गराई प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन भिडियो छनौट गरिनेछ र नगद पुरस्कार वितरण गरिनेछ। सहभागी सबै बालबालिका तथा किशोरकिशोरीहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ।
  • भिडियो बनाउँदा व्यक्तिगत, सामूहिक (बढीमा ४ जना सम्मको समूहमा वा बाल क्लब/विद्यालय मार्फत) बनाउन सकिनेछ ।
  • भिडियो नेपाली वा अँग्रेजी भाषामा बनाउनुपर्नेछ ।  
  • प्रतियोगीको पहिचानको लागि भिडियोमा प्रतियोगीको दृष्य वा फोटो समावेश भएको हुनुपर्नेछ ।
  • भिडियो पहिले नै अन्त कतै प्रकाशन नभएको हुनुपर्नेछ।
  • भिडियो बनाउन विषयगत क्षेत्रभित्र रहेर आफ्नो रुची अनुसारको विषयमा कथा, कविता, गित, नाटक, वक्तृत्वकला लगायतका रचनाहरुको माध्यमबाट आफ्नो सिर्जनशीलता प्रयोग गरी तयार गर्न सकिनेछ।
  • भिडियो पठाउँदा आफ्नो जन्ममिति खुल्ने परिचयपत्र र फोटोको डिजिटल प्रति समेत पठाउनु पर्नेछ|
  • भिडियो बनाउँदा जाति, भाषा, लिङ्ग, भुगोल वा अन्य कुनै पनि आधारमा आक्षेप लाग्ने वा भेदभाव हुने विषयवस्तु समावेश गर्न पाईनेछैन।
  • प्रतियोगीले आफ्नो भिडियो मिति २०८० वैशाख ३१ गते  भित्र  पठाइसक्नुपर्नेछ |

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।