ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट 

Share News

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले वैशाख ४ गते आईपीओ बाँडफाँट गरेको जनाएको छ । कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दालाई बिक्री गरेको थियो । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो । 

साथै रीतपूर्वक आवेदन प्राप्त नभएका आवेदकको शेयरबापतको रकम वैशाख ६ गते बुधवारदेखि सम्बन्धित आवेदकले उल्लेख गरेको बैंक खातामा रकमान्तर हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओसम्बन्धी नतिजा नेपाल एसबिआई बैंकिङको वेबसाइट, कम्पनीको वेबसाइट र सीडीएस एण्ड क्लियरिङले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइटमा हेर्न सकिनेछ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।