साढे ५ अर्ब ब्याज आम्दानी गरेको एभरेष्ट बैंकको नाफा साढे २ अर्ब, प्रतिशेयर आम्दानी कति ?

Share News

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको नाफा ६२ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. १ अर्ब ५१ करोड नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. २ अर्ब ४६ करोड नाफा कमाएको छ । चालू आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले कम्पनीको नाफा बढेको हो । 

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ५९ प्रतिशत र सञ्चालन नाफा ६२ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. ३ अर्ब ५० करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा रू. ५ अर्ब ५८ करोड आम्दानी गरेको छ । त्यस्तै गत आवमा रू. २ अर्ब १६ करोड सञ्चालन नाफा गरेको कम्पनीले चालू आवमा रू. ३ अर्ब ५२ करोड पुर्‍याएको हो । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ४५ रहेकोमा चालू आवमा रू. ३० दशमलव ७४ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ५३ गुणा, तरलता अनुपात २९ दशमलव ५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २२५ दशमलव ८६ रहेको छ । 

चुक्तापूँजी रू. १० अर्ब ६९ करोड रहेको कम्पनीले जगेडामा रू. ९ अर्ब ८६ करोड, रिटेन्ड अर्निङमा रू. ३ अर्ब ३६ करोड र शेयर प्रिमियममा रू. २३ करोड ८४ लाख सञ्चित गरेको छ । त्यस्तै रू. १ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेको कम्पनीले रू. १ खर्ब ६० अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३ अर्ब ३६ करोडभन्दा बढी छ ।

रिपोर्ट हेर्न हर्न यहाँ क्लिक गर्नुहोस् 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।