काठमाडौं । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ दशमलव १८ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. ३ अर्ब ६० करोड नाफा कमाएको कम्पनीले चालू आवमा रू. ४ अर्बभन्दा बढी कमाएको छ ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ११ प्रतिशत र सञ्चालन नाफा १३ प्रतिशत वृद्धि भएको छ ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३ अर्बभन्दा बढी छ । कम्पनीले यस वर्ष र गत वर्ष शेयरधनीलाई लाभांश वितरण गरेको छैन । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।
गत आवमा रू.४१ दशमलव ९४ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा रू.४६ दशमलव ७६ पुगेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ४४ गुणा, तरलता अनुपात २० दशमलव ५१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २४८ दशमलव ८८ रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ५६ करोड रहेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. १४ अर्ब १९ करोड र रिटेन्ड अर्निङमा रू. ३ अर्ब २ करोडभन्दा बढी सञ्चित गरेको छ । कम्पनीले चैत मसान्तसम्म रू. ३ खर्ब १४ अर्बभन्दा बढी निक्षेप संकलन गरेर रू. २ खर्ब ६६ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।