तेस्रो त्रैमाससम्म एनएमबि बैंकको खुद नाफा २ अर्ब ६८ करोडभन्दा बढी

Share News

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि बैंक लिमिटेडले रू. २ अर्ब ६८ करोडभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा बैंकको खुद नाफा शून्य दशमलव ६५ प्रतिशतले बढेको छ । गत वर्ष यस अवधिसम्म बैंकले रू. २ अर्ब ६६ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको इम्पेरिमेन्ट चार्ज बढेर बैंकको नाफामा दबाब परेको हो । यस वर्ष बैंकको इम्पेरिमेन्ट चार्ज रू. १ अर्ब १८ करोडभन्दा बढी रहेको छ । यस वर्ष बैंकको सञ्चालन नाफा १ दशमलव १९ प्रतिशत बढेको छ । गत वर्ष रू. ३ अर्ब ७८ करोडभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष रू. ३ अर्ब ८३ करोडभन्दा बढी रहेको छ ।

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ७२ करोड ८८ लाखभन्दा बढी रहेको छ । हाल बैकको चुक्तापूँजी रू. १८ अर्ब ३६ करोडभन्दा माथि रहेको छ । रिटेन्ड अर्निङ रू. १ अर्ब ५८ करोड रहेको बैंकको जगेडा कोष रकम रू. ७ अर्ब ९७ करोडभन्दा बढी रहेको छ । गत असार मसान्तसम्मको तुलनामा बैंकको निक्षेप संकलन करीब ७ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतभन्दा बढी भएको छ ।

तेस्रो त्रैमाससम्म रू. १ खर्ब ९७ अर्बभन्दा बढी निक्षेप संकलन गरेको बैंकले रू. १ खर्ब ८५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा २ दशमलव ९६ प्रतिशत पुगेको छ । गत वर्ष यस अवधिसम्म बैंकको निष्क्रिय कर्जा १ दशमलव ४६ प्रतिशत रहेको थियो । प्रतिशेयर आम्दानी रू. १९ दशमलव ४७ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव शून्य २ रहेको छ ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।