७ हजार ५ सय कर्मचारी भएको ट्विटरमा १५ सय मात्रै बाँकी, 'कु' ले पनि ३० प्रतिशत कर्मचारी हटायो

Share News

काठमाडौं ।  विश्वव्यापी परेको मन्दीको असरका कारण विश्वप्रसिद्ध IT कम्पनीहरूले धमाधम कर्मचारी कटौती गरिरहेका बेला भारतीय माइक्रोब्लगिङ प्लेटफर्म 'कु' ले एक वर्षमा ३० प्रतिशत कर्मचारीलाई निकालेको छ।

'कु' तीन वर्षअघि २०२० मा गठन भएको थियो भने यसलाई ट्विटरको स्वदेशी संस्करणको  रूपमा भारतले मान्यता दिइएको थियो। 

यस्तै एलोन मस्कले ट्विटर किन्दा यसमा ७ हजार ५ सय भन्दा बढी कर्मचारीहरू थिए। मस्कले पहिलो चरणमा आधाभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेका थिए । यसपछि पनि उनले कर्मचारी हटाउने क्रम जारी राखे । अहिले ट्विटरमा करिब १५०० कर्मचारी मात्र बाँकी रहेको बताईएको छ ।

‘कु’ले बर्खास्त गरिएका कर्मचारीलाई  क्षतिपूर्ति प्याकेज दिइसकेको र   नयाँ कामको खोजीमा पनि सहयोग गरेको जनाएको छ । भने, ट्विटरले बर्खास्त गरिएका कर्मचारीलाई काममा फिर्ता लैजान इच्छा व्यक्त गरेको जनाइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।