काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय क्रिकेट इन्टरनेशनल (ODI) क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान कायम गरेका छन् ।
एसीसी प्रिमियर कमअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार ओमानविरुद्धको खेलमा १ विकेट लिएसँगै उनले उक्त कीर्तिमान बनाएका हुन् । खेलको १२.३ ओभरमा अदिल शाफिकको विकेट लिएसँगै उनले यो रेकर्ड बनाएका हुन् । सन्दीपले ४२ खेलका ४१ इनिङ खेल्दै यो कोशेढुंगा पार गरेका हुन् । जारी खेलको ७ ओभर बलिङ गरेका उनले ३ विकेट लिइसकेका छन् । यससँगै उनको एकदिवसीय क्रिकेटमा विकेट संख्या ३ पुगेको छ ।
यसअघि सो कीर्तिमान टेस्ट राष्ट्र अफगानिस्तानका राशिद खानको नाममा थियो । खानले ४४ खेलबाट यो रेकर्ड कायम गरेका थिए ।
कीर्तिपुरमा जारी प्रतियोगितामा नेपाल, ओमानसहित १० देश सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता भारत, पाकिस्तानलगायत एसियाका टेस्ट खेल्ने देशहरू सहभागी हुने एसिया कपमा छनोट हुनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।