काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ आज शुक्रबार (वैशाख ८ गते) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ कुल १ लाख २७ हजार १८६ जना सर्वसाधारण आवेदकले शेयर पाएका छन् । जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कुल १३ लाख ८३ हजार ७२४ जनाले आवेदन दिएकामा १ लाख १४ हजार ७७८ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८६१ कित्ता शेयर निष्कासन गरेको हो । आवेदकले बिक्री प्रबन्धकको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, दोल्ती पावरको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।