लुम्बिनी विकास बैंकले पायो १ अर्ब बराबरको ऋणपत्र निष्कासन अनुमति, ब्याजदर कति ?

Share News

काठमाडौं ।  लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका  लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख १० गते सेबोनबाट अनुमति पाएको हो ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कुल कित्तामध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ  ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा एलबिबिएल डिबेञ्चर नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।