महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट 

Share News

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड (Mahalaxmi Bikas Bank Limited) को ऋणपत्र (Debenture) बाँडफाँट भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म विक्री गरेको रू. १ अर्ब बराबरको ऋणपत्र बाँडफाँट गरेको हो । 

बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो । बैंक (Bank) ले प्रतिऋणपत्र रू. १ हजार अंकित दरका रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् रू. ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँट गरिएको हो । 

२० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १२ गते ऋणपत्र बाँडफाँट गरिएको हो ।

ऋणपत्र विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।