कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बैंशाख १५ गते बुक क्लोज गरेसँगै आज अर्थात बैशाख १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ४१ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव २३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पमनीले बैशाख ३१ गते साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ बुटिक होटेल सिमलटार बौद्ध काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुने जानकारी दिएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।