गुराँस लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल नियुक्त

Share News

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारसम्बधी कार्य गर्न एनआईबिएल एस क्यापिटलसँगको सम्झौता यही २०८०वैशाख २६ गते समाप्त हुने भएकाले सोही  मितिदेखि लागू हुने गरी आगामी ३ वर्ष लागि पुन नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । अब कम्पनीको धितोपत्रसम्बन्धी सम्पूर्ण कार्यहरू एनआईबिएल एस क्यापिटलबाट हुनेछन् ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।