सिटिजन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमाससम्म कमायो १५ करोडभन्दा बढी नाफा 

Share News

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Citizen life insurance company limited)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड १ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १४ करोड ६३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २ दशमलव ६० प्रतिशत बढी खुद नाफा गरेको हो ।

हालको व्यवस्था अनुसार यस कम्पनीलाई रू. ५ अर्ब चुक्ता पूँजी (Paid up Capital) कायम गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ६२ करोड ५० लाख रहेको छ । 

कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य थप गरी आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १९० थप गरी प्रतिकित्ता रू. २९० का दरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (Sebon)मा निवेदन दर्ता गराइसकेको छ । 

आईपीओ (IPO)पछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७५ करोड कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको लागि कायम गरेको चुक्ता पूँजी अनुसार कम्पनीलाई आईपीओपछि थप रू. १ अर्ब २५ करोड पूँजी आवश्यक हुनेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब २८ करोडभन्दा बढी रहेको छ भने जीवन बीमा कोषमा रू. ८ अर्ब ४७ करोडभन्दा बढी कायम छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले गत वर्षको भन्दा जगेडा कोष रकम ५४ प्रतिशतभन्दा बढी र जीवन बीमा कोष रकम ५३ प्रतिशतभन्दा बढी कायम गरेको हो । यस अवधिसम्म कम्पनीले गत वर्षभन्दा करिब ६ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष रू. ३ अर्ब ७९ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ४ अर्ब १ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो । 

गत वर्षभन्दा यस वर्ष कम्पनीले ५० दशमलव ८२ प्रतिशतभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ८८ करोड ३९ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ३३ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । 

तेस्रो त्रैमाससम्म गत वर्षको भन्दा ६७ दशमलव ४९ प्रतिशतभन्दा बढी कम्पनीले बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. २८ करोड ७६ लाखभन्दा बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ४८ करोड १७ लाखभन्दा बढी यो कर्जा प्रवाह गरेको हो ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।