नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ पुरस्कार दिने 

Share News

काठमाडौं । नेपाल एसिया कप (Asia Cup)मा छनोट भएपछि सरकारले नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गत मंगलबार भएको कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रिमियर कपको फाइनलमा यूएई (UAE)लाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । उपाधिसँगै नेपाल एसिया कपमा छनोट भएको हो ।  

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तरराष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।