नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (Nepal Investment Mega Bank Limited) ले रू. ४ अर्ब ४ करोड बराबरको ऋणपत्र (Debenture) निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटल (Prabhu Capital)लाई नियुक्त गरेको छ । 

ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

कम्पनीले  रू. ४ अर्ब ४ करोड बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्नेछ । यसको अंकित मूल्य प्रतिकित्ता एक हजार रुपैयाँ हुनेछ । १० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइनेछ ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (Sebon)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै ऋणपत्र निष्कासन गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।