९ महीनामा आइएमई जनरल इन्स्योरेन्सले कमायो १७ करोड ३२ लाख नाफा, अन्य सूचक कस्ता ?

Share News

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ३२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा ३  प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १६ करोड ८१ लाख नाफा कमाएको थियो । नाफासँगै कम्पनीको आम्दानी पनि सामान्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २९ करोड १५ लाख आम्दानी गरेकोमा चालू आवमा रू. २९ करोड ५१ लाख पुगेको हो । 

चुक्तापूँजी रू. १ अर्ब ८० करोड रहेको कम्पनीले जगेडामा रू. २४ करोड ७१ लाख सञ्चित गरेको छ । त्यस्तै चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा रू. ६३ करोड २२ लाख जम्मा भएको छ । गत आवको तुलनामा बीमा कोष १४ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमा कोषमा रू. ५५ करोड ४५ लाख जम्मा भएको थियो । 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ४२ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवको तुलनामा १० दशमलव ५८ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १ अर्ब २८ करोड बीमा शुल्क आर्जन गरेको थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ८० (वार्षिक), मूल्य आम्दानी अनुपात ३० दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ७५ रहेको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।