काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८७ दशमलव ५९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ करोड २८ लाख नाफा कमाएकोमा चालू आवमा रू. ६५ लाख ५५ हजारमा सीमित भएको हो ।
चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेकाले नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. ७६ लाख ५० हजार रहेकोमा चालू आवमा बढेर रू. २ करोड २९ लाख पुगेको छ । इम्पेरिमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ८७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १३ प्रतिशत घटेको हो ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २४ दशमलव ४४ रहेकोमा चालू आवमा रू. २ दशमलव ७३ मा झरेको छ ।
चालू आवमा कम्पनीको तरलता अनुपात शून्य दशमलव शून्य २ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ११ रहेको छ । चुक्तापूँजी रू. ३१ करोड ९८ लाख रहेको कम्पनीले जगेडामा रू. ८ करोड ३१ लाख, रिटेन्ड अर्निङमा रू. २२ लाख १ हजार र शेयर प्रिमियममा रू. ४ करोड ५५ लाख सञ्चित गरेको छ । रू. १ अर्ब ६ करोड निक्षेप संकलन र रू. २ अर्ब ८५ करोड सापटी लिएको कम्पनीले रू. ४ अर्ब ३६ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।