काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) र मुक्तिनाथ विकास बैंक (Muktinath Bikas Bank)बीच ‘एससीटी–यूपीआई’ डेबिट कार्ड (Debit Card) सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा एससीटी (SCT)का प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास एससीटीको छ । हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीले एससीटी–यूपीआई डेबिटको सेवा प्रदान गरिरहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।