काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले वैशाख २७ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । यी दुईओटै निर्जीवन बीमा कम्पनीले एकीकृत कारोबार प्रयोजनको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समक्ष धितोपत्र कारोबार रोक्का राख्न अनुरोध गरेका छन् ।
यी दुई कम्पनी एकआपसमा गाभ्ने र गाभिनेसम्बन्धी निर्देशिकाबमोजिम एकीकृत कारोबारपछि कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि वशाख २७ गते गतेदेखि १५ कार्य दिने लागि शेयर कारोबार रोक्का गरिदिन कम्पनीले नेप्सेसमक्ष अनुरोध गरेका हुन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जन लागेका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।