पश्चिमी प्रविधिमा रोक लगाउन रुसमा नयाँ कानून

Share News


हालैमात्र रुसको संसद्ले आतङ्कवादविरुद्ध एक नयाँ कानून पारित गरेको छ, जसअनुसार उक्त नयाँ कानूनले रुसमा पश्चिमी प्रविधिको सञ्चालनमा रोक लगाउनेछ । सीएनईटीले दिएको जानकारीअनुसार आतङ्कवादविरुद्धको कानूनमा सूचनाको सुरक्षाको निम्ति फेसबूक, गूगल, जीमेल, स्काइपजस्ता सामाजिक सञ्जालको माध्यमबाट आदानप्रदान हुने जानकारी तथा सूचना देशभित्रै सीमित गरी नियन्त्रण गरिनेछ । यसका लागि रुसको सूचना विभागले ती सूचनाको डाटामा निगरानी राख्ने बताइएको छ । यो कानून कार्यान्वयन हुन थालेपछि रुसले विदेशी कम्पनीहरूलाई देशभित्रै सर्भर तथा डाटाकेन्द्र स्थापना गर्न जोड दिनेछ । यस प्रकारको डाटा सेण्टरको निर्माणले रुसलाई आफ्नो देशको इण्टरनेटमा जाने–आउने सूचनामा निगरानी राख्न सहयोग पुग्ने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।