नेपाल रिपब्लिक मिडियाको आईपीओ आज देखि विक्री खुला,क कसले आवेदन दिन पाउँछ ?

Share News

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले  आज  देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्कासनमा ल्याएको हो । लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।